काठमाडौँ / नेपाली कांग्रेसको आज (बिहिबार) बसेको केन्द्रीय समितिको बैठकले तीन वटा प्रतिवेदन पास गरेको छ ।

समितिले १४ औँ महाधिवेशनका लागि सभापति, महामन्त्री र अन्यले पेश गरेको प्रतिवेदन पास गरेको हो । 

OM Sai Pathibhara Hospital

बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले सांगठनिक प्रतिवेदन, सभापति देउवाले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए । 

उनीहरूले पेश गरेको तीन वटै प्रतिवेदन बैठकले पास गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको महाधिवेशन भोलिदेखि शुरु हुँदैछ ।