ओखलढुंगा / नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुङ्गाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । 

काङ्ग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरूले भने आफ्नो दाबेदारी पेस गरेका हुन् ।

OM Sai Pathibhara Hospital

शुक्रबारबाट सुरु हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उममेदवार बन्न जिल्लाकै पुराना नेता महेश कोर्मोचादेखि नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् ।

जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविसंघका पूर्व केन्द्रीय उपसभापति नविन राई, महिला नेतृ बाला अधिकारी र युवा नेता डेकराज भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने जनाएका हुन् ।