काठमाडौँ / सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेका छन् । 

१४ औं महाधिवेशनको अन्तिम तयारीमा रहेको कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक आज (बिहीवार) अपराह्न बस्दैछ ।

OM Sai Pathibhara Hospital

आजको बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । तर, पौडेलको सचिवालयले उनी बैठकमा सहभागी नहुने बताएको छ। 

भोलि शुक्रबारदेखि काठमाडौँमा कांग्रेसको १४ औैँ  महाधिवेशन शुरु हुँदैछ ।