काठमाडौं / भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन् । उनी बलिउड अभिनेता बिक्की कौशलसँग लगनगाँठो कस्न लागेकी हुन् । माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा उनीहरूको विवाह रोयल शैलीमा हुन लागेको हो ।

त्यहाँको समयअनुसार आज दिउँसो ३ः३० देखि ३ः ४५ को समयमा उनीहरूको विवाह हुनेछ। क्याट्रिनाले विवाहमा सब्यसाचीको डिजाइनर लेहेंगा लगाउनेछिन् ।
मिडिया रिपोर्टअनुसार कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च आफै ब्यहोर्ने जनाइएको छ । उनले यात्रा सुरक्षा, पाहुना सम्बन्धि  खर्च हेर्नेछिन् । अर्कोतर्फ बिक्कीले बाँकी २५ प्रतिशत खर्च व्यहोर्ने छन् ।

OM Sai Pathibhara Hospital

यद्यपि कट्रिना र बिक्कीले आफ्नो विवाहसँग सम्बन्धित सबै कुरा गोप्य राख्ने प्रयास गरेका थिए। तर यो जोडीको विवाह हुनुअघि नै कट्रिना कैफको  फ्यान क्लबमा उनीहरूको विवाहको कार्डको तस्बिर भाइरल भएको थियो ।

कट्रिनाले आफ्नो पुरानो भिडियोमार्फत एकमा विवाह र सम्बन्धबारे आफ्नो धारणा व्यक्त गरेकी  थिइन् । उनले भनेकी थिइन बिहेसम्म अविवाहित रहने भनेको मैले थिइनँ । त्यसैले हामी सधैँ भनाइमा अडिग रहनुपर्छ ।

अहिलेसम्म दुवैजनाले भने आफ्नो सम्बन्धलाई भने गोप्य नै राखेका छन् ।