झापा  / मंसिर २४ गतेदेखि झापाको काँकरभिट्टाबाट सप्तरंग –३ यात्रा सुरु हुने भएको छ । 

काँकरभिट्टाबाट शुरु हुने  ‘सप्तरंग –३’ यात्रामा राष्ट्रिय स्तरका कलाकार अभिनेता राजेश हमाल, चर्चित गायक प्रमोद खरेल, हाँस्य कलाकार सन्दिप क्षेत्रीसँगै दर्जनौँ कलाकारहरू सहभागि हुनेछन् । 

OM Sai Pathibhara Hospital

गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा हुने  ‘सप्तरंग –३’ ले सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत सचेतना फैलाउने छ ।

पहिलो र दोस्रो संस्करण सम्पन्न भइ सकेको कार्यक्रम तेस्रो पटक काँकरभिट्टामा हुन लागेको हो ।

मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट शुरु हुने ‘सप्तरंग –३’ मङ्सिर २६ गते जनकपुरमा, २८ चितवन, पुस १ नेपालगन्ज, ३ सुर्खेत, ५  धनगढी र पुस ९ गते  पोखरा पुगेर अन्त्य हुनेछ । 

‘सप्तरंग –३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायत कलाकारहरूले कला प्रस्तुत गर्ने छन् ।