काठमाडौँ  / नेपाली कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेद्‌वारी दिने घोषणा गरेकी छिन् । 

सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेद्‌वारी दिने घोषणा गरेकी हुन् । गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् । 

OM Sai Pathibhara Hospital

तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसङ्घको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिवसमेत भएर काम गरिन् । 

पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३ औँ महाधिवेशनबाट आदिवासी जनजाति महिलातर्फ सर्वाधिक भोट सहित निर्वाचित भएकी थिइन् । 

नेतृ गुरुङ ०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षमा उम्मेद्वार दिएकी थिइन् । बाम गठबन्धनका कारण उनी तेह्रथुममा झिनो मतले मात्रै पराजित भइन् । 

गुरुङ ०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत बनेकी थिइन् ।