काठमाडौँ / दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले आगामी मंसिर २८ गते संसद् भवन घेराउ गर्ने निर्णय गरेको छ । 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित छ पार्टीको आज (बुधबार) राजधानीमा बसेको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

बैठकमा मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने र मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी छन् । । सो अनुसार संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ ।