तेह्रथुम / नेपाली कांग्रेसका नेता तुलसी सुब्बाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यसमितिमा आदिवासी जनजातिबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

२०५६ सालमा कांग्रेस प्रवेश गरेका सुब्बा ०६४ सालमा तेह्रथुमबाट प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य बनेका थिए । तेह्रथुमका स्थानीयवासी सुब्बा पूर्वका लोकप्रिय नेता हुन् ।

त्यसबेला आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट असन्तुष्ट बनेका उनले कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिँदा ११ हजारभन्दा धेरै मत प्राप्त गरेका थिए । 

राप्रपामा असन्तुष्ट बनेका सुब्बालाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस भित्राएका हुन् । 

विश्व राजनीतिलाई नजिकबाट बुझेका नेता सुब्बा २३ वर्षमै जिल्ला पञ्चायतको उपसभापति बनेका थिए भने २७ वर्षकै उमेरमा सहायक मन्त्री पनि भए ।