झापा / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिसहित केन्द्रीय सदस्यमा मोरङबाट मात्रै ९ जना आकांक्षी देखिएका छन् । 

संस्थापन इतर पक्षका शेखर कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् भने कोइराला परिवारकै सुजता कोइराला पनि सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै संस्थापन इतर पक्षकै नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने मोरङकै नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले पनि महामन्त्रीमा उठ्ने बताउँदै आएका छन् ।

संस्थापन पक्षमा रहेकी डिला सङ्ग्रौलाले सहमहामन्त्रीमा दावी गरेकी छिन् भने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, अमृत अर्याल, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।