एजेन्सी / विश्व चर्चित फुटबल स्टार लियोनेल मेस्सीको स्पेनको बार्सिलोना आसपासको क्षेत्रमा रहेको चारतारे होटल भत्काउन अदालतले आदेश दिएको छ।
मेस्सी बार्सिलोना छाडेर पीएसजी पुगेको केही महिना पछि स्पेनको एक अदालतले सन् २०१७ मा मेस्सीले किनेको र हाल सञ्चालनमा रहेको सो होटल भत्काउन आदेश दिएको हो । मेस्सीले करिव चार वर्ष अघि सो सञ्चालनमा नै रहेको अवस्थामा सो होटल ३ करोड युरोमा खरिद

बार्सिलोना सिटी भन्दा ४० किलोमिटरको दूरीमा रहेको समुद्री क्षेत्रमा सो होटेल सञ्चालनमा रहेको थियो । होटलमा ७७ ओटा कोठा छन्। सो होटेलमा कोठामा एक रात बसेको करिब १०५ पाउण्ड लाग्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
होटलको बाल्कोनी र कोठा नमिलेको भन्दै स्पेनको स्थानीय अदालतले सो होटल भत्काउन आदेश दिएको हो ।