बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ पास भएका विद्यार्थीलाई उनीहरूले अध्ययन गरेकै विद्यालयबाट मार्कसिट र सर्टिफिकेट उपलब्ध गराउने भएको छ ।

बोर्डको बैठकले कार्यालय आउन जान समस्या भोग्नु पर्ने भएकाले विद्यार्थीको हितलाई ध्यान राखी यस्तो व्यवस्था मिलाउने भएको हो यसअघि कक्षा १२ उत्तीर्ण विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने अवस्था रहेको थियो ।

OM Sai Pathibhara Hospital

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै भिडभाड हुन नदिन  विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।

बोर्डले यही मंसिर १७ गते कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो। गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थी सहभागि बनेका थिए ।