काठमाण्डौ / नेपाली कांग्रेसको १४औं महाधिवेसनको लागि गृहमन्त्रालयले सुरक्षा रणनिति तय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण रहेकाले प्रहरी मुख्यालयले सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको बताईएको छ ।

यसअघि एमालेको महाधिवेशनमा सुरक्षाका लागि एआईजीको कमान्डमा प्रहरी खटाएको गृहमन्त्रालयले कांग्रेस महाधिवेशनका लागि एसपी कै कमान्डमा करिव दुई हजार प्रहरी परिचालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले कांग्रेस महाधिवेशनका लागि एसपी दिनेशराज मैनालीको कमान्डमा दुई हजार प्रहरी परिचालन गर्ने भएको हो ।

OM Sai Pathibhara Hospital

प्रहरी मुख्यालयले काठमाडौंको भृकुटीमण्डपमा मंसिर २४ देखि २७ गतेसम्म हुने महाधिवेसनको सुरक्षा जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई दिएको छ ।

प्रहरी परिचालनको जिम्मेवारी पाएको काठमाडौं परिसरले परिसरका साथै महानगरीय प्रहरी सहायता कार्यालय , महेन्द्र पुलिस क्लब र  विभिन्न गणबाट प्रहरी व्यवस्थापन गर्ने परिसरले जनाएको छ ।

महाधिवेशनलाई लक्षित गरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखालाई दिइएको छ ।