काठमाण्डौ / नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन केही दिन बाँकी रहँदा पार्टी नेतृत्वमा दावी गर्दै आएका संस्थापन इतर समुहका नेता साझा उमेद्धार छनौट गर्न छलफलमा जुटेका छन् ।

जिल्ला अधिवेशन र प्रदेश अधिवेशनमा देउवा पक्ष बलियो देखिएपछि समस्यामा परेका संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षाहरू डा। शेखर कोइराला , शशांक कोइराला , रामचन्द्र पौडेल , विमलेन्द्र निधी र प्रकाशमान सिंह साझा उमेद्धार तय गर्न छलफलमा जुटेका हुन् ।

OM Sai Pathibhara Hospital

सोमवार पनि उनीहरु बिच भएको छलफलले साझा उमेद्धार तय गरी देउवासँग प्रतिष्पर्धा गर्ने समझदारी भएको थियो । सोमबार भएको छलफलले दुई दिन भित्र आफ्नो समुहबाट सभापति सहित पदाधिकारीका उमेद्धार छनौट गर्ने निर्णय गरेको थियो ।

हिजोको छलफलको निर्णय अनुसार नै आज सभापतिका आकांक्षी प्रकाशमान सिंहको ठमेल स्थित निवासमा दिउँसो एक बजेका लागि संस्थापन इतर पक्षका केन्द्रिय सदस्य सहितको बैठक बोलाइएको छ ।

छलफलले चार दिन पछि सुरु हुने महाधिवेशनका लागि संस्थापन इतर समुहबाट सभापति सहित पदाधिकारी सर्वसम्मत छनौट गर्ने नेताहरूले बताएका छन् ।