काठमाडौँ / काठमाडौँको मध्यबानेश्वरमा अवस्थित कांग्रेसका नेता मिनेन्द्र रिजालको एपेक्स कलेज कान्तिपुर मिडिया समूहले खरिद गरेको छ । 

नेता रिजालसहित अन्य पाँच जनाको स्वामित्वमा रहेको उक्त कलेज कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाको नाममा शतप्रतिशत सेयर स्वामित्व राखेर कलेज खरिद भएको हो । 

OM Sai Pathibhara Hospital

मध्यवानेश्वरको मुल बाटोमै ४० आना जमिनमा निर्माण गरिएको एपेक्स कलेज सिरोहियाले ६० करोड रुपैयाँमा किनेको बताइएको छ ।

उक्त कलेजमा व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयमा पढाइ हुँदै आएको छ । 

सन् २००० मा स्थापना भएको एपेक्समा रिजाल सम्पत्ति (दुर्गा रिजालसहित) को मुख्‍य लगानी रहेको थियो भने प्रा. प्रेमराज पन्त, एलपी भानु शर्मा, टीका उप्रेती र विनयकुमार शर्माको समेत स्वामित्वमा रहेको थियो । सिरोहियाले कलेज खरिद गरेसँगै यी सबै लगानीकर्ता अहिलेलाई एपेक्सबाट बाहिरिएका छन्। 

एपेक्सको वार्षिक कारोबार १५ करोड रुपैयाँ हाराहारी रहेको बताइएको छ ।