भरतपुर / नेकपा एमाले का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । 

भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यका साथ एमाले हिँडेको बताए ।

OM Sai Pathibhara Hospital


एमाले महाधिवेशनको उद्घाटन सत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उनले भने, ‘हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन् । 

उनले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाए ।

भागबन्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उनको भनाइ छ ।

भट्टराईले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाए ।
 
उनले कम्युनिष्ट पार्टी स्थापना भएदेखिको कम्युनिष्टको लिगेसी एमालेसँग रहेको बताए ।

ुजुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छु, उनले भने ।

अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने उनले बताए ।

सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १० औं महाधिवेशनबाट देश नै खुसी बनेको बताए ।

उनले चितवनमा सम्पन्न एमालेको १० औं राष्ट्रिय महाधिवेशन सानदाररूप मा सफल भएको जिकिर गरे ।