झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । 

पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका लिङ्देनले आज (सोमबार) पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

आइतबार बिहान मत परिणाम आएपछि दिउँसो निर्वाचन समितिको संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले आज (सोमबार) पदभार ग्रहण गरेका हुन् ।  

शपथ ग्रहण कार्यक्रममा लिङ्देनले निवर्तमान अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताएका छन् ।

तर, लिङ्देनसँग पराजित भएका थापा भने आयोजित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।