रूपन्देही / नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले अव पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका पौडेल पक्षका  पुनले भैरहवामा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भनेका छन्, –‘चुनावपछि पार्टीमा कुनै गुट उपगुट हुँदैन, अब म कांग्रेसलाई एकढिक्का बनाएर लैजान्छु ।’

सभापतिमा विजयी भएका पुनले ८५२ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी शाहले ७६७ मत प्राप्त गरेका छन् । एक उप–सभापति बाहेक अन्य सबै पदमा पुनको प्यानलनै विजयी भएको छ ।