विराटनगर  / नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणना गर्न माग गर्दै प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका छन् । 

संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका घिमिरेले मत परिणाममा चित्त नबुझेको भन्दै पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

१ हजार ७ सय ५२ मत खसेकोमा थापाले ८ सय ४४ मतका प्राप्त गरेका छन् भने घिमिरेले ८ सय ४२ मत पाएका छन् ।