विराटनगर / नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । 

पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरेलाई दुई मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापालाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । 

OM Sai Pathibhara Hospital

१ हजार ७ सय ५२ मत खसेकोमा थापाले ८ सय ४४ मतका प्राप्त गरेका छन् भने घिमिरेले ८ सय ४२ मत पाए । 

प्रदेश उपसभापति पदमा पनि संस्थापन पक्षका रमेशजंग रायमाझी ८ सय ९१ र टंकप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । 

महामन्त्रीमा संस्थापन समूहका भुपेन्द्र राई ८ सय २४ र संस्थापन इतरका उमेश थापाले ८ सय २३ मत ल्याएर विजयी भए ।

सहमहामन्त्रीमा खड्ग फागो, विनोद बस्नेत र प्रमिला गच्छदार निर्वाचित भएका छन् ।