तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सांसदले नै नेपाली कांग्रसको जारी महाधिवेशनमा नेतृत्व छनौटका लागि भएको मतदानमा प्रतिनिधीका रुपमा उपस्थित भएर मतदान गरेको सार्वजनिक भएको छ ।

जसपा अध्यक्ष डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्तिबाट प्रदेशसभा सदस्य बन्न सफल भएका प्रेम तामाङ नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधी बनेको सार्वजनिक भएको हो । वागमती प्रदेशसभाका सदस्य रसुवाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेको खुलेको छ । हेटौडमा जारी कांग्रेसको प्रदेश अधिवेशनमा नेतृत्व छनौटका लागि भएको निर्वाचनमा मतदान गर्न उनी राती १० बजे अधिवेशनस्थल पुगेपछि यो विषय सार्वजनिक भएको हो ।  

OM Sai Pathibhara Hospital

प्रदेश नेतृत्वका लागि भएको निर्वाचनमा उनले राती १० बजे मतदान गरेको सार्वजनिक भएपछि जसपाका सांसद तामाङले पनि आफु मतदान गरी फर्किएको स्विकार गरेका छन् । उनले संचारमाध्यमलाई प्रतिकृया दिंदै जसपाको सांसद भएकाले आधिकारीक रुपमा पार्टी प्रवेश नगरेको तर महाधविेशनमा भने प्रतिनिधीका रुपमा सहभागि बनेको बताएका छन् । तत्कालीन नयाँ शक्ति पार्टी उपेन्द्र यादवको पार्टीसँग एकता भएपछि केही समय उनले आफू स्वतन्त्र भएको दावी गरेका थिए । एकता अस्विकार गरेका उनी मन्त्री बन्ने आस्वाशन पाएपछि जसपाका पक्षमा खुलेका थिए ।

प्रदेशसभा सदस्य पद जाने भएपछि उनी काँग्रेस प्रवेश गर्नबाट ०७५ सालमा पछि हटेका थिए । त्यो वेला उनलाई पार्टीमा भित्र्याउन काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु रसुवा सेमत पुगेका थिए । जुनदलको उम्मेद्वार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ। तामाङ नयाँ शक्ति र कांग्रेस गठबन्धनबाट सांसद निर्वाचित भएका थिए।

तत्कालीन नयाँ शक्तिका रसुवा पूर्वसंयोजकसमेत रहेका उनी  प्रदेश सभा निर्वाचनमा रसुवा ‘ख’बाट निर्वाचित भएका थिए ।