काठमाडौं / राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापा पूर्व युवराज्ञी हिमानी शाहसँग रुष्ट बनेका छन् । 

पूर्व युवराज्ञी हिमानीले राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि कमल थापा रुष्ट बनेका हुन् । 

OM Sai Pathibhara Hospital

हिमानीले ट्विटरमा लिङ्देनलाई शुभकामना दिँदै लेखेकी छिन्, –‘अवसरवाद, नातावाद, कृपावाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सिङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ!!!

थापाले हिमानीले लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा जवाफसहित रिट्विट गर्दै भनेका छन्, – ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’