सुर्खेत / नेपाली कांग्रेसको कर्णाली सभापतिमा ललितजंग शाही विजयी भएका छन् । 

संस्थापन इतर पक्षका प्रतिस्पर्धी भुपेन्द्रजङ्ग शाहीलाई १०५ मत अन्तरले पछि पार्दै कर्णाली सभापतिमा ललितजंग विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने भूपेन्द्रजंगले ३१७ मत प्राप्त गरेका छन् ।

यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ । देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनत कुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले जितेका छन् ।

यस्तै सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँ कुमारी शाही निर्वाचित भएका छन् ।