धनगढी / नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर बिजयी भएका छन् । बलायर नारायणदत्त मिश्रलाई चार सय मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । 

कुल एक हजार मतदाता मध्ये एक हजार तीन जनाले मतदान गरेका थिए । देउवा पक्षबाट उम्मेद्वार बनेका बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन् भने पौडेल पक्षबाट उम्मेद्वार बनेका मिश्रले २ सय ८० मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै, उपसभापतिमा देउवा पक्षका जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत प्राप्त गरी निर्वाचित भएका छन् । महामन्त्रीमा देउवा पक्षकै नरनारायण शाह मनुले ६४८ र मेघराज खड्काले ६३५ मत प्राप्त गर्दै विजयी भए ।

सह–महामन्त्रीमा पनि देउवा पक्षका उम्मेदवार गोपाद दत्त भट्टले ५२९ र चिन्तामणि भट्टले ५३३ मत ल्याउँदै विजयी भएका छन् भने सह महामन्त्री (महिला)मा अम्बिका कुमारी चलाउनेले ६८६ मत प्राप्त गरी विजयी भएकी छन् ।