काठमाडौँ  /  राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले पशुपति शमशेर राणासँग मिलेर नयाँ पार्टी गठन गर्न लागेका हुन् । 

थापा र पशुपति शमशेर राणा नयाँ पार्टी गठनबारे अनौपचारिक छलफल चलाउन थालेका छन् । थापानिकट एक केन्द्रीय सदस्यले थापा र राणा नयाँ पार्टी बनाउने तयारीमा रहेको दाबी गरे ।

OM Sai Pathibhara Hospital

थापानिकट ती नेताले भने  ‘हामी  पराजित भयौँ भने पनि के गर्ने भन्ने पहिला नै क्लियर थियौँ, अब नयाँ पार्टी बन्छ ।’ 

थापाको टिममा रहेका ती केन्द्रीय सदस्य पनि पराजित भएका छन् । त्यसैले अबको रणनीति भनेको नयाँ पार्टी निर्माण नै हुने दाबी गर्छन् । थापा र राणाले बनाउने पार्टीको मूल उद्देश्य भने हिन्दुराष्ट्र स्थापना हुनेछ ।