काठमाडौं  / कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षा माघ २ र ३ गते हुने भएको छ । 

गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी माघ २ र ३ गते हुने भएको हो । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । मापदण्ड पूरा गरेका परीक्षार्थीहरूले बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।

सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुईमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।

अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वद्धि परीक्षा दिनसक्ने पनि सूचनामा जनाइएको छ ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नुपर्ने छ । विद्यार्थीले दोब्बर शुल्क तिरेर पुस २२ गते सम्ममा फारम बुझाउनु पर्ने बोर्डले जनाएको छ ।  

परीक्षा ११ बजेदेखि दुई बजेसम्म हुने जारी सूचनामा उल्लेख छ । परीक्षाफल रद्द भएका परीक्षार्थीहरूले भने ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन पाउने छैनन्