काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा पराजित भएपनि उनका परिवारका तीन जना भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाइ गणेश थापा र भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रतिष्ठाले १ हजार ५३०, गणेशले १ हजार ३३२ र अभिषेकले १ हजार ३२७ मत ल्याएर विजय भएका हुन् । 

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन्। यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन्।

परिवारका तीन जना केन्द्रीय सदस्यमा विजयी हुँदा थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् ।  विजयी लिङ्देनले १८१७ र थापाले १६१७ मत ल्याएका छन् ।