काठमाडौँ / सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणमा आज (आइतबार) आर्मी ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुँदै छ । 

खेल साँझ पौने ५ बजे दशरथ रङ्गशालामा हुनेछ । तेस्रो खेलमा आर्मी पहिलो जितको खोजीमा छ । आर्मीले अघिका दुबै खेलमा अङ्क बाँडेको थियो । 

OM Sai Pathibhara Hospital

लिगमा आर्मीलाई बीबीसी सहज प्रतिद्वन्द्वी हुन सक्नेछ । पछिल्लो दुबै संस्करणको लिगमा आर्मीले सहज जित निकालेको छ ।

यसपटक समेत शारीरिक तथा प्राविधिक रुपमा बलियो आर्मी युवा खेलाडी सम्मिलित बीबीसीबाट तीन अंक खोस्ने दाउँमा छ ।

लिगको तयारी क्रममा मुख्य फरवार्ड नवयुग श्रेष्ठ गुमाएको आर्मी अट्याक लाइनमै कमजोर देखिएको छ । आर्मी अर्का स्ट्राइकर सुदिल राईलाई समेत चोटका कारण पाउने छैन ।

बीबीसी विरुद्ध आर्मीले अग्रपङ्क्तिमा कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई उतार्ने छ ।

बीबीसी युवा खेलाडीको उच्च मनोबलका साथ आर्मीलाई चुनौती दिन तयार छ । नेपाल यु–१६ टोलीका कप्तान समेत रहीसकेका रोशन राना मगरको कप्तानीमा रहने बीबीसी जारी लिगमा अपराजित छ । २ खेल खेलेका उसले १ जित र १ बजारसहितअंक जोडेको छ ।

सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको बीबीसी आर्मीविरुद्ध अप्रत्याशित नजिता दिने योजनामा छ ।