काठमाडौँ / नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा पुनः मतदान हुने भएको छ । 

सभापति पदमा तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा आज पुनः मतदान हुने भएको हो । 

OM Sai Pathibhara Hospital

सभापतिका तीन जना उम्मेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । तर, तीनै जना मध्ये कसैको पनि ५१ प्रतिशत मत आएको छैन । 

पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । 

कुल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । अब बानियाँ र केसीका बीचमा पुनः मतदान हुनेछ । तेस्रो हुने भीमसेनदास प्रधानले भने भाग लिन पाउने छैनन् ।