विराटनगर / नेकपा माओवादी केन्द्र विराटनगर महानगरको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्। 

महानगरको प्रथम अधिवेशनबाट न्यौपाने सचिवमा निर्वाचित भएकी हुन्। अधिवेशनबाट नवीन पौडेल नेतृत्वमा ९९ सदस्यीय नगर समिति चयन भएको थियो। उक्त समितिले पदाधिकारी चयन गरेको थियो।

OM Sai Pathibhara Hospital

अधिवेशनले उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानू भट्टराई र सहसचिवमा शारदा मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित गरेको छ।

माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो। यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए। माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो।