काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताएका हुन् । उनले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा रहे पनि त्यो सम्भव नदेखिकाले लिङदेनको पक्षमा उभिएको स्पष्ट पारे । अध्यक्ष लोहनीले अध्यक्षद्वय पशुपतिशमशेर जबरा र कमल थापालाई पनि लिङ्देनलाई समर्थन गरी पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।






































