काठमाडौँ / शहीद स्मारक ए डिभिजन लिगमा आज मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । 

आज भिड्ने मछिन्द्र फुटबल क्लब साविक विजेता हो भने त्रिभुवन आर्मी फुटबल क्लब साविक उपविजेता हो । 

OM Sai Pathibhara Hospital

दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा ४ः४५ मा सुरु हुनेछ ।

मछिन्द्र क्लबले ए डिभिजन लिगको पहिलो खेलमा एनआरटीलाई २–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा पनि मछिन्द्र जितलाई निरन्तरता दिने योजनामा छ । 

आर्मी क्लबले भने नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्दै लिग सुरूआत गरेको थियो । पहिलो खेलमा बराबरी खेलेको आर्मी सिजनको पहिलो जितका लागि खेल्दैछ ।