काठमाडौँ / युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ८ जना बोर्ड सदस्यलाई नियुक्त गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेका हुन् । 

OM Sai Pathibhara Hospital

खेल विज्ञमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौला, परम्परागत साहसिक खेलमा मोहमद फाजिल, उधोग बाणिज्यमा दिपेन्द्र विष्ट, खेल संघ लतार्डो युनिभर्सलमा प्रकाश कुमार कुसारी, खेल संघ महिलामा बिना श्रेष्ठ, तेक्वान्दो खेल महासङ्घबाट अन्जन धमला र श्रीमान थापा मगर बोर्ड सदस्यमा मनोनित भएका हुन् ।

नवनियुक्त बोर्ड सदस्यले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रालयले गत साता राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो ।

उक्त रिक्त बोर्डमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो ।