काठमाडौँ / आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । दुबईमा भएको खेलमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागि इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन योगदान गरेकी थिइन् । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा अल आउट हुँदै २७ रन जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन  जोडेकी थिइन। अन्य खेलाडीहरूले भने दोहोरो रन समेत जोड्न सकेनन् । नेपालकी संगीता राई र कप्तान रुविना क्षेत्रीले समान ३–३ विकेट लिएका थिए ।

त्यसैगरी करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिएका थिए । नेपाल यसअघि हङकङसँग ६ विकेटले हारेको थियो । भुटान र कुवेतलाई पराजित गर्न सफल भएको छ ।