काठमाडौं / जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा बायर्नले डेनामो किएभलाई २–१ ले हराएर जित हात पारेको हो । 

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीकिङ्सले कोमानले एक एक गोल गरे । किएभका डेनिस हरमासले एक गोल फर्काए ।

OM Sai Pathibhara Hospital

खेलको १४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा कोमानले गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको ७० औं मिनेटमा किएभका हरमासले गोल गरेपनि बायर्न २–१ ले विजयी भयो ।

यससँगै बायर्नले समूह चरणमा लगातार पाँचौं जित निकालेको छ । बायर्न १५ अंक जोडेर समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ ।

बायर्नले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।