काठमाडौँ / एमाले नेता सुवासचन्द्र नेम्वाङले चितवनमा हुने नेकपा (एमाले) को दसौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउँदै उनले भने, – ‘मेरो सर्वसम्मत गरौँ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरूसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो ।’
‘अहिलेसम्म साथीहरूको सल्लाह तपाईंले वरिष्ठमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । अव साथीहरूसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु’, नेम्वाङको भनाइ छ ।
एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ ।