काठमाडौं / नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा हङकङलाई १ सय ५ रनको मध्यम लक्ष्य दिएको छ ।
आईसीसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै, इन्दु बर्माले ३१ रन बनाइन् ।
हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक/एक विकेट लिए । १ सय ५ रनको लक्ष्य पछ्याइरहेको हङकङले जवाफी ब्याटिङ थालेको छ ।