झापा / झापामा प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । 

बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते  प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको हो । 

OM Sai Pathibhara Hospital

प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुने र  प्रतियोगिताका ओभरल च्याम्पेनसिपले तीन लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

त्यस्तै फस्टसेकेन्ड रनरअपले दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए । 

खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुची जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए ।  

महिला र पुरुषका लागि छुट्टै छुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका विजेताले भने यो प्रतियोगितामा भाग लिन नपाउने बताइएको छ ।