एजेन्सी / आज पबजी विश्वकप शुरु भएको छ । पछिल्लो समय विश्वमै लोकप्रियता कमाएको उक्त खेल बनाउने कम्पनी क्राफ्टनले पबजी खेलाडीकै लागि भनेर पबजी ग्लोबल च्याम्पियनसिप ल्याएको हो ।
प्रतियोगिता आज (शुक्रबार) बिहानदेखि सुरु भएको छ र १९ डिसेम्बरसम्म चल्ने छ । पबजी ग्लोबल च्याम्पियनसिपमा विश्वभरबाट ३२ टिम सहभागी भएका छन् ।

सबै टिमलाई गरेर कूल १८ लाख ६० हजार डलर (२२ करोड रुपैयाँ) पुरस्कार दिइनेछ। यी मध्ये पहिलोदेखि १६ औं स्थानसम्म रहने टिमले फरक फरक राशि पुरस्कार पाउनेछन्। १७ देखि २०, २१ देखि २४ र २५ देखि ३२ औं स्थानमा रहने टिमहरूलाई समान राशीको पुरस्कार दिइनेछ।
प्रतियोगिताको फाइनल तीन दिनसम्म चल्नेछ । यसमा हरेक दिन पाँच म्याच खेलिनेछ । पुरस्कार जित्ने सबै खेलाडीहरूलाई कोरियाको इंचियोन प्याराडाइज सिटीको यात्रा गराइनेछ। त्यहाँ सबैलाई करिब २ मिलियन डलरको पुरस्कार दिइनेछ।
प्रतियोगितामा सबैभन्दा धेरै मार्ने खेलाडीलाई १० हजार डलर (१२ लाख रुपैयाँ) र टिमलाई २० हजार डलर (२४ लाख रुपैयाँ) पुरस्कार दिइनेछ। प्रतियोगितामा अन्तिम हुनेलाई पनि १० हजार डलर पुरस्कार दिइने बताइएको छ।