एजेन्सी / अर्जेन्टिनाले ब्राजिलसँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । 

स्टार खेलाडी नेयमार बिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सी सहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो । 

OM Sai Pathibhara Hospital

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंक सहित दोस्रो स्थानमा छ ।

इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंक सहित चौथो स्थानमा छ ।