काठमाडौँ  / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलमा  इंग्ल्यान्ड छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत गएराति सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । 

इंग्ल्यान्डको जितमा ह्यारी केनले चार गोल गरे । सान मारिनोका फिलिप्पोले एक आत्मघाती गोल गरेका थिए । यस जितसँगै समूह आई को इंग्ल्यान्डले १० खेलमा २६ अंक जोडेको छ । सान मारिनोले भने १० खेलमा अंक जोड्न सकेको छैन् ।