एजेन्सी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२१ टि –२० विश्वकपका प्रदर्शनको आधारमा ११ उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको छ । 

आइसीसीले टि–२० विश्वकप २०२१ को मोष्ट भ्यालुएबल टिम अफ द टुर्नामेन्ट सार्वजनिक गर्दा उत्कृष्ट ११ खेलाडीमा भारतीय एक खेलाडी पनि परेका छैनन् ।

OM Sai Pathibhara Hospital

आइतबार फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । आइसीसीले सार्वजनिक गरेको मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्टमा भारतीय खेलाडीसँगै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानका ओपनर मोहम्मद रिजवान पनि छैनन् । 

आइसीसीको विश्वकप उत्कृष्ट टोलीमा अष्ट्रेलियाबाट सर्वाधिक तीन खेलाडी अटाएका छन् । श्रीलंका, दक्षिण अफ्रिका र इङ्ल्यान्डबाट दुई दुई खेलाडी अटाएका छन् । पाकिस्तान र न्युजिल्यान्डबाट एक एक खेलाडी अटाएका छन् ।

दोस्रो चरणबाट बाहिरिएका दक्षिण अफ्रिका र श्रीलंकाबाट दुई दुई खेलाडी अटाएका छन् । आइसीसीले पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमलाई कप्तान राखेको छ । इंग्ल्यान्डका विकेटकिपर जस बटलरलाई विकेटकिपर र मोईन अलीलाई अलराउन्डको भूमिकामा राखेको छ । 

आइसिसीको उत्कृष्ट ११ खेलाडीमा पर्नेमा अष्ट्रेलियाका डेविड वार्नर, एडम जाम्पाजोश हेजलवुड, इंग्ल्यान्डका जस बटलर र विकेटकिपर, पाकिस्तानका बाबर आजम र कप्तान, श्रीलंकाका चारिथ असलंकावानिन्दु हसरंगा, दक्षिण अफ्रिकाका एडेन माक्ररमएनरिच नोर्किया, इंग्ल्यान्डका मोईन अली, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र पाकिस्तानका शाहिन शाह अफ्रिदी रहेका छन् ।