काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मङ्सिरका लागि काठमाडौंमा तय भइसकेको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

आजको बैठकमा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।