काठमाडौं / बारको विरोधमा प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सर्वोच्च अदालत अगाडि बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।  

OM Sai Pathibhara Hospital

कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका थिए । 

प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरूलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायालय शुद्धीकरण जरुरी रहेको र प्रधानन्यायाधीशले सेटिङ गरिरहेको तथा उनले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार चरणबद्ध आन्दोलनमा रहेको छ।