काठमाडौं  / नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कतार प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार टी –२० सिरिज खेल्न उक्त टिम कतार प्रस्थान गरेको हो । 

नेपालले कतारसँग तीन खेलको टी –२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।

मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म यूएईमा हुने टी –२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी –२० विश्वकपको रोडम्यापको रुपमा रहेको छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् ।