काठमाडौँ  / ब्राजिल कतारमा हुने विश्वकप २०२२ का लागि छनोट भएको छ । शुक्रबार कोलम्बियालाई १–० गोलले हराएर ब्राजिल विश्वकप २०२० का लागि छनोट भएको हो । 

पाँच पटकको विश्वकप विजेता ब्राजिलसँगै अहिलेसम्म युरोपबाट जर्मनी र डेनमार्क तथा आयोजकका रुपमा कतार अबको  प्रतियोगिताका लागि छनोट भइसकेका छन् । 

OM Sai Pathibhara Hospital

दक्षिण अमेरिकी विश्वकप छनोटका १२ खेलमध्ये ११ औं जित निकालेको ब्राजिल यस चरणका छ खेल अगाडि नै कतारको टिकट काट्न सफल भएको हो ।

विश्वकप इतिहासमा प्रतियोगिताको अन्तिम चरणका लागि प्रत्येक संस्करणमा छनोट हुन सफल एक्लो टिम ब्राजिल रहेको छ ।