काठमाडौँ / प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूले आज (बिहीबार) पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश –१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । 

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश –१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।