काठमाडौँ /  कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको मागसहित कानुन व्यवसायीहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । 

अदालत परिसरमा कानुन व्यवसायीहरूले माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

कानुन व्यवसायीहरूले प्रदर्शनका क्रममा  ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।

प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एशोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका छन् ।