बिर्तामोड / आईसीसी टी –२० विश्वकपमा नामिबियालाई भारतले ९ विकेटले पराजित गरेको छ ।
सोमबार सुपर –१२ को समूह –२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो ।

जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर रोहित शर्माले सर्वाधिक ५६ रन बनाए । भारतका ओपनर के एल राहुल ५४ रनमा अविजित रहे ।
यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेभिड विजाले सर्वाधिक २६ रन बनाए ।
भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४ हारसहित २ अङ्कका साथ पाचौँ स्थानमा रहेर विश्वकपको अन्त्य गरेको हो ।