काठमाडौँ  / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) का लागि ६ वटा इजलास गठन गरेका छन् । 

न्यायाधीश र नेपाल बार एशोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश जबराले आजका लागि इजलास गठन गरेका हुन् । 

६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । 

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेका छन् । 

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।