बिर्तामाेड / झापाको झापा गाउँपालिकामा आइतबार देखि सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगितामा अल इन वान सैनिक मोड र द हन्टर गौरादहले बिजयी सुरुवात गरेका छन ।
उद्घाटन खेल खेल्ने अवसर पाएको अल इन वनले डाँगीबारी बाह्रदशीको टिम सँग ट्राइबेकरमा जित निकाल्दै बाजी मारेको हो।

खेलको ४० औँ मिनेटमा अल इन वानका विश्वास लिम्बुले टिमलाई अग्रता दिलाए सँगै डाँगीबारीका दिपेश श्रेष्ठले खेलको ४३ औँ मिनेटमा एक गोल पुनः जस्ताको तस्तै अल इन वानलाई फर्काएका थिए।
निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा ५–५ सुटको अवसर पाएका दुबै टिममा अल इन वान ३–२ को गोलअन्तरले बिजयी बनेको छ।
त्यस्तै समूह बी अन्तरगत आजै भएको दोस्रो खेलमा ट्राइबेकरमै जित निकाल्दै शिवसताक्षीलाई पराजित गर्दै द हन्टर गौरादह बिजयी बनेको छ।
शिवसताक्षीका मनिस लिम्बुले एक गोल गर्ने बित्तिकै द हन्टरका तर्फबाट भरत निरौलाले एक गोल फर्काएका थिए। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि ट्राइब्रेकरमा ४–१ को गोलान्तरले द हन्टरले जित हासिल गरेको छ।
प्रतियोगिताको उद्घाटन झापा वडा नम्बर २ का वडाध्यक्ष नेत्रबहादुर खड्काले गरेका थिए।क्लबका अध्यक्ष बाबुराम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरू नेत्रप्रसाद उप्रेती, हरिबहादुर बानियाँ, सामाजिक अगुवाहरू गजेन्द्र ताम्ली, गौरी शंकर राजवंशी लगायतको उपस्थिति रहेको थियो।
जोर माई युवा क्लब झापा गाउँपालिका –२ सडकबारीले आयोजना गरेको प्रतियोगितामा प्रथम विजेता टिमलाई ५०,९९९ नगद , ट्रफी , मेडल, उपविजेता टिमलाई ३०,९९९ नगद , ट्रफी र मेडल प्रदान गरिने क्लवका अध्यक्ष बाबुराम लिम्बुले बताए ।
प्रतियोगितामा वेस्ट प्लेयर, हाईस्कोरर, वेस्ट किपर र म्यान अफ द म्याचले समेत ट्रफी पाउनेछ्न।प्रतियोगितामा जिल्लाका आठ टिमले सहभागिता जनाएका छन्।